दुई दशकदेखि बन्द रहेको डोटी विमानस्थल पुनः सुचारु हुने, डोटीबासी उत्साहित

काठमाडौं। झन्डै दुई दशकदेखि बन्द रहेको डोटी विमानस्थल पुनः सुचारु हुने भएको छ ।

२०२८ सालमा निर्माण भएको विमानस्थल तत्कालीन नेकपा माओवादीको द्वन्द्वका बन्द भएको थियो ।

२०५२ सालदेखि नियमित उडान हुन छाडेको डोटी बिमानस्थल २०६१ सालमा पूर्ण बन्द भएको थियो ।

तर पछिल्लो समयमा विमानस्थल मर्मत गरेर पुनः सुचारु गराउने पहल शुरु भएको छ । विमानस्थल पुनः सुचारु हुने भएपछि डोटीबासी उत्साहित भएका छन् ।

यो विमानस्थलबाट डोटी, डडेल्धुरा, बाजुरा र अछामका नागरिकले सेवा पाउने छन् । विमानस्थल सुचारु भएसँगै पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा स्थानीयको छ ।

करिब ७ करोड रुपैयाँ खर्च गरेर विमानस्थल मर्मत गर्न थालिएकाले आगामी असार मसान्तसम्मै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्