स्थानीय तह निर्वाचन: कांग्रेसले जित्यो २०० पालिका
काठमाडौं, जेठ ४ । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार मतदान भएका मध्ये नेपाली कांग्रेसले दुई सय स्थानीय तह जितेको छ।
मतगणना जारी रहेको १ सय २२ तहमा पनि कांग्रेसले अग्रता लिएको छ।कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिका, नेपालगञ्ज, बुटवल, धरान र इटहरी उपमहानगरमा अग्रता लिएको छ।
यस्तै नेकपा एमालेले यो समाचार तयार पार्दासम्म १ सय २४ तह जितेको छ भने ७४ तहमा अग्रता लिएको छ।माओवादी केन्द्रले ८६ स्थानीय तह जित्दा ३० मा अग्रता लिएको छ।
नेकपा एकीकृत समाजवादीले ७ तह जितेर चौथो स्थानमा रहँदा १३ तहमा अग्रता लिएको छ।यस्तै जनता समाजवादी पार्टी (जसपा) ले ५ तहमा विजयी हुँदा २८ मा अग्रता लिएको छ।
स्वतन्त्रसहित अन्य उम्मेदवारले १४ तह जितेका छन्।
प्रतिक्रिया दिनुहोस्