काठमाण्डौमा बालेन शाहको अग्रता बढेको बढ्यै
काठमाडौं, जेठ २ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएको छ । शाहले ३ हजार ३ सय २९ मतको अग्रता लिइरहनुभएको छ ।
अहिलेसम्मको गणनामा शाहले ७ हजार १ सय ६ मतसहित अग्रता कायमै राख्नुभएको हो । नेकपा एमालेका केशव स्थापितले ३ हजार ७ सय ७७ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३ सय ५ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता लिइरहनुभएको छ । अहिलेसम्मको गणनामा डंगोलले ७ हजार २ सय ९६ मत प्राप्त गर्दै अग्रता लिइरहनुभएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार १७ मत प्राप्त गर्नुभएको छ ।















प्रतिक्रिया दिनुहोस्