रोल्पाका ३० वडाको नतिजा सार्वजनिक, कुन दलले कहाँ जिते ?

काठमाडौं, जेठ १ । रोल्पाको ३० वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। रोल्पामा ७२ वडा छन्।

३० मध्ये २० वटा वडामा माओवादी केन्द्र, ५ वटा नेपाली कांग्रेस, ४ वटामा नेकपा एमाले र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

रोल्पा नगरपालिकाका १, २, ४, ५ र ६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।कांग्रेसले हालसम्म ५ वटा वडामा जितेको छ। एमालेले हालसम्म ४ वटा वडा जितेको छ।

सुनिल स्मृति गाउँपालिका– २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।लौरो चुनाव चिह्नबाट नेत्रबहादुर गिरी वडाअध्यमा निर्वाचित भएका हुन्।

गिरी ०७४ को गत स्थानीय निर्वाचनमा पनि सोही वडाबाट स्वतन्त्र उम्मदवारी दिएर निर्वाचित भएका थिए।   स्वतन्त्र उम्मेदवारी दिनुअघि उनी कांग्रेस कार्यकर्ता थिए।

प्रतिक्रिया दिनुहोस्