यस्तो छ २२ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय? (सूचीसहित)

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। सत्तारुढ दल एमालेबाट ७ र माओवादी केन्द्रबाट ५ मन्त्री थप गर्दै प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइन्।

प्रधानमन्त्रीमा नियुक्त हुनेबित्तिकै ओलीले थममाया थापालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए। लगत्तै विस्तार गरिएको मन्त्रिपरिषद्‌मा एमालेबाट ईश्वर पोखरेललाई रक्षा मन्त्रालय र युवराज खतिवडालाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको थियो। माओवादीबाट रामबहादुर थापा ‘बादल’ गृह र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी पाएका थिए।

२२ सदस्यीय मन्त्रिपरिषद्का कसको कुन मन्त्रालय?

मन्त्रीहरुको छनोट गर्न नसक्दा संघीय समाजवादी फोरमले भने शुक्रबार मन्त्री पठाउन सकेन।

प्रतिक्रिया दिनुहोस्