बुटवलमा चार सय मत गन्दा कांग्रेसको अग्रता कायमै

काठमाडौं, बैशाख ३१ । बुटवल उपमहानगरपालिकामा चार सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता कायमै राखेका छन्।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मेयरमा कांग्रेसका पाण्डेले २१५ मतका साथ अग्रता लिएका छन्।

राप्रपाका मृगेन्द्र शेरचनले ११३ मतका साथ दोस्रो र नेकपा एमालेकाअ बाबुराम भट्टराई ७८ मतका साथ तेस्रो स्थानमा छन्।

बुटवलमा राति करिब १ बजेबाट मतगणना सुरु भएको थियो। यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका पाण्डे मेयरका उम्मेदवार बनेका छन्।

प्रतिक्रिया दिनुहोस्