विद्यालयमा पनि शनिवार र आइतवार बिदा, शुक्रवार पूरै पढाइ

काठमाडौं, बैशाख २८ । सरकारले शिक्षण संस्थामा पनि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।शिक्षा मन्त्रालयले यही जेठबाट सरकारी तथा निजी दुवै शिक्षण संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो।

प्रवक्ता दीपक शर्माका अनुसार सातामा दुई दिन बिदा दिएसँगै अब शुक्रबार पूरै दिन पढाइ हुनेछ।  मन्त्रालयले हिउँदे, वर्षे र स्थानीय बिदालाई कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सकिने नियम पनि ल्याएको छ।

मन्त्रालयले विद्यालयका हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सिटिइभिटीले र विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्ने गरी निर्णय लिएको छ।

देशमा आर्थिक संकट बढ्दै गएपछि सरकारले यसअघि नै जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्