आजको मौसम : यी चार प्रदेशमा छ वर्षाको सम्भावना

काठमाडौँ, बैशाख २८ ।  स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातको असरले देशका केही स्थानको मौसममा बदली हुने भएको छ ।

जसकारण दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार राति पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको आँकलन गरिएको छ ।

त्यस्तै बिहीबार प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १ र बागमती प्रदेश केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्