मन्त्रिपरिषद विस्तार, थपिए ११ मन्त्री र ४ राज्य मन्त्री (नामावलीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेकपा एमालेका ६ जना र माओवादी केन्द्रका तर्फबाट ५ जनामन्त्री शुक्रबार थपिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारै साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।

नवनियुक्त मन्त्रीहरुमा एमालेबाट प्रदीप ज्ञवाली–परराष्ट्र, गोकर्ण विष्ट–श्रम तथा रोजगार, रवीन्द्र अधिकारी–पर्यटन, रघुवीर महासेठ–भौतिक पूर्वाधार, शेरबहादुर तामाङ–कानुन र जगत विश्वकर्मा–युवा तथा खेलकुदमन्त्री रहेका छन् ।

यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन–ऊर्जा तथा जलस्रोत, गिरिराजमणि पोखरेल–शिक्षा, शक्ति बस्नेत–वन, चक्रपाणि खनाल–कृषि र वीना मगर–खानेपानी तथा सरसफाइमन्त्री रहेका छन् । यससँगै ओली सरकार २२ सदस्यीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्