एनआईसी एशिया क्यापिटल र सारा नेपाल बीच सम्झौता

काठमाडौं,   बैशाख २७ ।  एनआईसी एशिया क्यापिटल र सारा नेपाल लिमिटेड बीच आइडिया टु आईपिओ (Idea to IPO) सेवा उपलब्ध गराउन दुई पक्षिय सम्झौता भएको छ ।

एनआईसी एशिया क्यापिटलले आइडिया टु आईपिओ (Idea to IPO) सेवा अन्तर्गत सारा नेपाल लिमिटेडलाई संस्थागत परामर्श, शेयर रजिष्ट्रारको सेवा सहित सारा नेपाललाई आईपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र सारा नेपाल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको हो ।

सारा नेपाल लिमिटेड डिपार्टमन्टल स्टोर, जलविद्युत परियोजना, यतायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्री वितरण, संचार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवाहरुको निर्यात गर्ने लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ संचालन भईरहेको छ । हाल सारा नेपाल लिमिटेडले किराना पसलेहरुलाई प्रबद्धन गर्ने मुख्य लक्ष्यका साथ १०० भन्दा बढी सारा स्टोरको नामबाट किराना पसल संचालन गरिहेको छ ।

एनआईसी एशिया क्यापिटलले आइडिया टु आइपिओ (Idea to IPO) सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आइरहेको छ ।

साथै उक्त “आइडिया टु आईपीओ” सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ्ग प्रमुख, दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगाना [email protected] मा सोझै सम्र्पक गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्