नेप्सेमा ४४ अंकको बृद्धि, कारोबार रकम कति ?
काठमाडौँ, बैशाख २७ । मंगलबार नेप्सेमा ४४ अंकले वृद्धि भएको छ । यस अघि सोमबार १२ अंकले बढेको नेप्से आज ४४.१६ अंकले बढेर २३१३ अङ्कमा पुगेर बन्द भएको छ ।
मंगलबार बढेको नेप्से बजारमा सेन्सेटिभ इन्डेक्स ७.६७ अंकले बढेर ४४७.१४ अंकमा पुगेको छ । त्यस्तै फ्लोट इन्डेक्स ३.२६ अंकले बढेर १५८.२३ अंकमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स २.९३ अंकले बढेर १४३.०२ अंकमा पुगेको छ ।
नेप्सेमा आज ३३ लाख ३० हजार १५० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आज २२६ कम्पनीको सेयर खरिदबिक्री भएको छ ।
मंगलबार कारोबार भएका सबै उपसूचकको मुल्य बढेको छ । आज कारोबार भएको हाइड्रो उपसूचकको मुल्य ३.८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसूचकको ३.२७ प्रतिशतले बढेको छ ।
मंगलबार बरुण हाइड्रो, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र एनगाडी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज एनआईबिएल समृद्धि फण्ड-२ को शेयर मुल्य सबैभन्दा बढी ४.८२ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार एनगाडी हाइड्रोको सबै भन्दा कारोबार भएको छ । आज एनगाडी हाइड्रोको ९ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्