नबिल बैंकद्वारा कर्मचारीका परिवारलाई छात्रवृत्ति हस्तान्तरण

काठमाडौं, बैशाख २७ ।  नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति सुरु गरेको छ । स्व. पौड्यालले बैंकमा लामो समयदेखि संचालक समितिमा योगदान गर्दै आएका थिए ।

यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षा बोर्डको प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याउने मेहनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्छन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उद्देश्य सहित बैंकले यो कार्यक्रम ल्याएको हो । मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

पुरस्कारको रकम रु. ५०,००० प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने बैंकले बताएको छ। बैंकले आर्थिक वर्ष २०७७–७८ का लागि उनिका खनाल (कर्मचारी उदय राज खनालकी छोरी), दिपसन भट्टराई (कर्मचारी सन्देश राज भट्टराईका छोरँ) र मुकुल अर्याल (कर्मचारी मुरारी प्रसाद अर्यालका छोरा)ले पाएका छन्।

प्रतिक्रिया दिनुहोस्