एनसीसी बैंक घोटाला काण्डः सञ्चालक सहित १३ जना संलग्न अभियुक्त (हेर्नुस् सूची)

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको करिब दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेकै वेला एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालसहित अन्य १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका सहायक महाप्रबन्धक ऋषिराज भट्टसहित अन्य उच्च अधिकारीहरू छन् ।

चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्न बाँकी रहेको बैंकले यही विषयमा छलफल गर्न शुक्रवार सञ्चालक समितिको बैठक डाकेको थियो । संस्थापकमा रहेका एनबी समूहका लक्ष्मी बहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठले हकप्रद नसकार्ने बताएपछि समाधानको लागि बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने लगायतले शुक्रबार नै गभर्नर डा. चिरञ्जीवि नेपाल र प्रवक्ता तथा नियमक बिभाग प्रमुख नारायण पौडेललाई समेत भटेका थिए ।

त्यही क्रममा सञ्चालक समितिमा सीआइबीले छापा मारेको थियो । राष्ट्र बैंकले नै केही दिन अघि सीआईबीलाई कारवाहीको लागि पत्राचार गरेको थियो ।

सीआईबीका अनुसार तत्कालिन एपेक्स डेभलपमेन्ट बंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको छ । करिब २६ जना नक्कली ऋणि तयार पारेर पुँजी अपचलन गरिएको थियो ।

खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।

पक्राउ पर्नेहरुमा निम्न व्यक्तिहरु छन्ः–

प्रतिक्रिया दिनुहोस्