एनसीसी बैंकका दर्जनौं कर्जा अधिकृतहरु प्रकाउ

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडका विभिन्न शाखाका कर्जा अधिकृतहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले नियन्त्रणमा लिएको छ । उनीहरुले कर्जा प्रवाह गर्ने क्रममा एक अर्ब भन्दा बढी रकम हिनामिना गरेको आरोप सिआईबीले गरेको छ ।

सीआइबीले झण्डै चार दर्जन कर्मचारी नियन्त्रणमा लिएको छ । उनीहरुको घोटाला बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्जा दिने क्रममा तोकिए भन्दा दोब्बर बढी रकम निकासा गरी उनीहरुले घोटाला गरेको आरोप लगाइएको छ । बैंकका सिईओ यतिबेला मुलुक बाहिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्