आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं , बैशाख १७  । अहिले नेपालमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहेको छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

आज (शनिबार) देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

यता, आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्