सर्वोच्चद्वारा राष्ट्र बैंकका गभर्नर अधिकारीको पक्षमा आदेश, अब निरन्तर काम गर्न पाउने
काठमाडौं , बैशाख १६ । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार गभर्नरको पक्षमा आदेश दिएको हो ।
गभर्नर अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्ने र उनलाई काम गर्न दिने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्चले निरन्तरता दिएको छ । सर्वोच्चले यसअघि वैशाख ६ गते अधिकारीमाथि गरिएको कारवाही कार्यान्वन नगर्न अल्पकालीन आदेश दिएको थियो ।
सर्वोच्चको यो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्