विमानको शौचालयमा लुकाएर दुई किलो बढी सुन तस्करी प्रयास, कर्मचारीसहित पाँच जना पक्राउ

काठमाडौं , बैशाख १६ । नेपाल प्रहरीले दुई किलो ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार विमानस्थलबाट भिमकुमार माबो र सुमन तामाङले बोकेको मनि पर्सभित्र टेपले बेरिएको १,१६६ ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार माबो र तामाङसहित उदयपुर लिम्चुङबुङ गाउँपालिका(-२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका-२ का ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा।लि।मार्फत विमानभित्र सरसफाई गर्ने भनी सुपरभाइजरको रुपमा ड्यूटी खटिएका सप्तरी सुरुङ्गा नगरपालिका-४ का ३६ वर्षीय ताराकान्त चौधरी समेतलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्