आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौ., बैशाख १५ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौंमा सम्पन्न साधारण सभाले कम्पनीमा सर्वसाधारणलाई छुट्याइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्नगाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरेको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा सम्पन्न भएको साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पनि पारित गरेको छ ।
सभामा सभापति एवम् संचालक समितिका अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धि जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्याउन कटिबद्ध रहेको र आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितोरुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्