चालु आवमा ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको अनुमान

काठमाडौं , बैशाख १५ ।  केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । बजेटमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नौ महिनाको यथार्थ तथ्यांक र तीन महिनाको अनुमानका आधारमा नयाँ आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए ।

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांकले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड-१९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले बताएको छ ।

विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत, उद्योगको १०.३ प्रशित र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ ।

चालु आर्थिक वर्ष ०७८/७९ को ६-९ महिनासम्मको आर्थिक क्षेत्रहरुसँग सम्बन्धित आंकडा तथा सूचनाहरुका आधारमा तयार गरिएको तथ्यांक अनुसार कुल गार्हस्थ उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्