भक्तपुरमा ५० मिटर अग्लो पर्खालबाट आमा-छोराले सँगै हामफाले, आमाको मृत्यु

काठमाडौं, बैशाख १५ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ स्थित कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालबाट आमा(-हाम्फालेका छन् ।

गए राति पर्खालबाट हाम्फाल्दा मोरङको सुन्दरहरैचा नगरपालिका-९ घर भई भक्तपुर बस्दै आएकी ७४ वर्षकी मनमाया तिमल्सिनाको मृत्यु भएको छ ।

पर्खालबाट हाम्फाल्दा मनमायाका छोरा ४९ वर्षीय मातुराम तिमिल्सिना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए । मातुरामको वीर अस्पतालमा उपचार भइरहेको छ । आमा-छोरा डिप्रेशनका बिरामी थिए ।

उनीहरुले लेखेर छाडेको सुसाइड नोट घटनास्थलमा भेटिएको छ । नोटमा मानसिक र शारीरिक रुपले अशक्त भएको हुँदा सो निणर्यमा पुगेको उनीहरुले उल्लेख गरेका छन् । मातुरामले एक वर्षअघि पत्नीसँग डिभोर्स गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्