काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं , बैशाख १३ । प्रहरीले काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।

साथै उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्