मनोनयन दर्ता शुरु : कांग्रेसलाई महानगरको मेयर र उपमेयर टुङ्गो लगाउनै सकस
काठमाडौं , बैशाख ११ । महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि उम्मेदवारबारे छलफल थाले पनि अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएकाले अहिले बैठक थालिएको हो । शनिबार राति करिब १० बजेसम्मै नेताहरूबीच छलफल भए पनि सहमति भएको थिएन ।
आइतबार देशभरि बिहान १० बजेबाट उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहे पनि कांग्रेसले महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार नै छानेका छैनन् ।
कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आइतबारै घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । अहिले सानेपास्थित कार्यालयबाटै घोषणा पत्र सार्वजनिक गर्न लागिएको घोषणा पत्र तयारी समितिका एक सदस्यले बताए ।
प्रतिक्रिया दिनुहोस्