उम्मेदवार चयन गर्न सकस कांग्रेसलाई, तेस्रोपटक बैठक स्थगन

काठमाडौं, बैशाख १० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक तेस्रोपटक स्थगन गरिएको छ।

दोस्रोपटक समय तोकेर आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक पनि नबस्ने भएको हो।

बैठक स्थगन गरिएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए।यसअघि आजै बिहान ११ बजे बस्ने भनिएको थियो।

हिजो शुक्रबार पनि दिउँसो २ बजेका लागि बोलाएर बैठक अन्तिम समयमा स्थगन गर्दै आजलाई सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्