थप १८ जनामा कोरोना संक्रमण पुष्टि , १७ जना निको भए

काठमाडौं , बैशाख १० । नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६९१ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण हुने मृतकको संख्या थपिएको छैन ।

पछिल्लो २४ घण्टामा देशभर १७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ४९८ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २८३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्