नेपालका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने अमेरिकी सांसदहरुको प्रतिबद्धता

काठमाडौं, बैशाख १० । नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसिसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धि, जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिवद्धतासमेत व्यक्त गरे।

पूर्वाधार, पर्यटन, नवीकरणीय ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको र त्यसमा पनि सहयोग गर्ने अमेरिकी सांसदहरुले बताएका समूहका संयोजक डा. मिनेन्द्र रिजालले जानकारी दिए। अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरुले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पु¥याएको योगदानको मुक्तकण्ठले प्रसंशा गर्दै नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताएका थिए।

‘नेपालको समृद्धिका लागि, नेपालको जनजीविकाको लागि र नेपालको समावेशी विकासका लागि सहयोग पु¥याउने क्रममा दुवै पार्टीका सांसदको सहयोग रहनेछ, जुनसुकै सरकार भएपनि। त्यो सहयोग निरन्तर रुपमा रहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो, समूहका संयोजक डा. रिजालले भने, नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पु¥याएको सहयोगको बारेमा कुरा गरियो। र, उहाँहरुले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रसंशा गर्नुभयो।’

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरुले नेपाल भ्रमण गरेका हुन्। टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटगरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्