महानगरको उम्मेद्वार टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं , बैशाख १० । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज ० बस्ने भएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक २०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख १० गते बिहान ११ बजे बस्ने भएको छ’, पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

महानगर पालिकामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने भन्दै बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको थियो । तर, गठबन्धन गर्ने पार्टीको निर्णयप्रति स्थानीय तहमा नेता कार्यकर्ताहरू असन्तुष्ट छन् ।

शुक्रबार बैठक स्थगन गरेर शीर्ष नेताहरूको प्रधानमन्त्री सरकारी निवास बालुबाटारमा अनौपचारिक बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्