कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, उम्मेदवार टुङ्गो लगाइने
काठमाडौं, बैशाख ९ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । सोही समय सीमालाई मध्यनजर गर्दै बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्