९ महिनामा ग्लोबल आईएमई बैंकको नाफा ३ अर्ब ७३ करोड
काठमाडौं, बैशाख ७ । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ७३ करोड रूपैयाँ मुनाफा गरेको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत वर्षकै तुलनामा तुलनामा ४ दशमलव १३ प्रतिशत बढी नाफा गरेको हो।
आव २०७७/७८ को चैत मसान्तसम्म बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। ९ महिना अवधीमा बैंकको खुद सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ कायम भएको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
यो अवधीमा बैंकले १३ दशमलव ८ प्रतिशतले कर्जा विस्तार गरेर २ खर्ब ६० अर्ब रूपैयाँ पुर्याएको छ। निक्षेप संकलन २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाएको छ।
२३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ चुक्तापुँजी भएको ग्लोबलले रिजर्भमा ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ राखेको छ।
नाफा बढेपनि बैंकको चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १७ पैसा घटेर २० रुपैयाँ ८८ पैसा कायम भएको वित्तीय विवरणमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्