एनआईसी एसिया बैंकको नाफा २० प्रतिशतले बढ्यो

काठमाडौं, बैशाख ७ । एनआईसी एसिया बैंकको नाफा २० प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा कुल ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको हो।

गत वर्षको यही अवधीमा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ नाफा गरेको थियो। जस अनुसार गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशत नाफा बढाएको देखिएको हो।

बैंकले ८ अर्ब २५ करोड ८४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। गत आबको सोही अवधिमा ६ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको वित्तिय विवरणमा उल्लेख छ।

बैंकको प्रतिसेयर आम्दानी ४१ दशमलव २४ रुपैयाँ पुगेको देखिएको छ। बैंकले चैत मसान्तसम्म ३ खर्ब २ अर्ब निक्षेप संकलन र २ खर्ब ७४ अर्ब कर्जा लगानी गरेको आज सार्वजनिक गरेको वित्तिय विवरणले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्