नेको इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन
काठमाडौं । नेको इन्स्योरेन्सले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । नेकोले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेका थियो ।
इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ३९ करोड २० लाख रुपैयाँ बराबरको ३९ लाख २० हजार ९२८ कित्ता सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले निष्कासन गरेको हकप्रदमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले आवेदन गर्न पाउनेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
इन्स्योरेन्सका सेयरधनीले आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय, एनएमबि क्यापिटल र एनएमबि बैंकका सबै शाखा कार्यालयबाट समेत हकप्रद सेयरका लागि चैत १ गतेसम्म आवेदन गर्न सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड ४१ लाख ८५ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्