आईपीएलमा राजस्थान रोयल्स विजयी, युजभेन्द्रको पाँच विकेट
काठमाडौं , बैशाख ६ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।
राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको जित दर्ता गरेको हो ।
सुरुमा ब्याटिङ गरेको राजस्थानले दिएको २ सय १८ रनको विशाल लक्ष्य भेट्न नसक्दा कोलकत्ता पराजित भएको हो । कोलकत्ता १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रनमा समेटियो ।
कोलकत्ताका कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय इनिङ खेले । आरोन फिन्चले ५८, उमेश यादवले २१ रन बनाउँदा नितिश रानाले १८ रन जोडे ।
राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए । उनले १६ ओभरको चौंथो, पाँचौं र छैटौं बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए ।
ओबेड म्याककोयले २ तथा प्रसिद्ध कृष्ण र रविचन्द्र आश्विनले एकएक विकेट लिए ।
राजस्थानका लागि जोस बट्लरले १ सय ३ रनको शतकीय इनिङ खेले । सन्जु सामसन ३८, शिम्रन हिटमायर २६ रन रनमा समेटिँदा देबदुत पडिकलले २४ रन बनाए ।
कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए । यो जितसँगै
राजस्थान अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । उसले आठ खेलमा समान आठ अंक जोडेको हो ।
छैटौं स्थानको कोलकत्ताले ७ खेलमा ६ अंक बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्