वित्तीय तरलता कम गर्न राष्ट्र बैंकले आज दश अर्ब रुपैयाँ वित्तीय बजारमा पठाउने
काठमाडौं । वित्तीय बजारमा तरलताको अवस्था असहज भएकोले विहीबार दश अर्ब रुपैयाँ वित्तीय बजारमा पठाउने भएको छ । बुधबार २० अर्ब रुपैयाँको रिपो जारी गरेको राष्ट्र बैंकले विहीबार दश अर्बको रिपो जारी गरेको हो ।
तरलता कम भएर अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले हस्तक्षेप गर्नका लागि बुधबार रिपो उपकरणमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाएको थियो ।
तर विभिन्न बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट ६ अर्ब रुपैयाँ मात्र लगेको राष्ट्र बैंकले जनाएको छ । बैंकहरु रकम लिन नआएकाले जुन तरिकामा प्रचार गरिएको थियो त्यस्तो अभाव नरहेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार हाल वित्तीय बजारमा २२ अर्ब रुपैयाँ तरलता रहेको छ ।
आज जारी हुने १० अर्ब रुपैयाँको रिपोको अवधि २ साताको हुनेछ । चैत १५ गते परिपक्क हुने यस रिपोमा ५ प्रतिशत ब्याजदर तोकिएको छ ।
बोलकबोल प्रणाली मार्फत खरिद गर्न सकिने यस प्रणालीमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्