समृद्धि फाइनान्स र ए टु जेट अनलाइन बजारबिच सम्झौता
काठमाडौं, बैशाख ४ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडर ए टु जेट अनलाइनबजार बिच सम्झौता भएको छ ।
सम्झौता फाइनान्सको पुतलीसडक शाखामा भएको हो।यो सम्झौतापछी फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु जस्तै ल्यावटप, मोबाइल, टिभि र अन्य इलेक्ट्रिक सामानहरु खरिद गर्दा अधिकतम २० हजार सम्म वा १२.५ प्रतिशत सम्म छुट पाउनेछन ।
उक्त सुविधा मोबाइल बैकिङ, डेबिट कार्ड, कनेक्ट आइपीएस, नेपाल पे, क्युआर कोड प्रयोग गरी उक्त छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्