थप ९ जनामा कोरोना पुष्टि , ४४ जना निको भए

 

काठमाडौँ , बैशाख ३ । नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट ६ जना र एन्टीजेनबाट ३ संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८।७ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९८६ पिसिआर र २०५७ नमुना एन्टीजेन परिक्षण गरि कुल ४ हजार ४३ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४०० रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्