अमेरिकाले दिने ८० अर्बको अनुदान लिने सरकारको निर्णय

काठमाडौं, बैशाख २ ।  नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) मार्फत प्राप्त हुने झण्डै ८० अर्ब अनुदान सहायता लिने भएको छ ।

उक्त रकम लिनेबारे गत चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

यूएसएआईडीले ७९ अर्ब ७१ करोड अनुदान दिनेछ । अमेरिकी सरकारले विभिन्न विकास कार्यक्रमको लागि अनुदान दिने गरेकाे छ ।

त्यसैगरी विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

यो एमससीसी बाहेकको छुट्टै अनुदान सहयोग हो। अमेरिकाले एमसीसी अन्तरगत करिब ६० अर्बको अनुदान सहायता दिन लागेको छ ।

मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्