छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, चैत ३० ।  देशका विभिन्न ठाउँमा भएका् छुटाछुटै सवारी दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ ।  नुवाकोट, अर्घाखाँची, भोजपुर र नवलपरासी (पूर्व)मा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।   नुवाकोटको ककनी गाउँपालिका–२ सिउडेनीमा मंगलबार बा.३ क १६६६ नम्बरको गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ११ वर्षीया स्मृती तामाङ रहेकी छन् । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ बेलहापुलस्थित खेतमा लु.४ त ६१६८ नम्बरको ट्रयाक्टर मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक सन्धिखर्क नगरपालिका–१२ डिभर्ना बस्ने २३ वर्षीय तिरन जिसी रहेका छन् ।

भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावाखोलामा प्र।१–०२००३ त २२४९ नम्बरको ट्रयाक्टर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–७ बासिखोरा बस्ने २० वर्षीय जेबि राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी (पूर्व) को देवचुली नगरपालिका–१४ मा बा.प्र.३–००३ प २०४८ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङ्जा घर भएका ३३ वर्षीय धन बहादुर रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्