सेन्चुरी बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त
काठमाडौं, चैत ३० । सेन्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पद (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् ।
चैत्र ३० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनी यस अघि सेन्चुरी बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
काठमाडौँ विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका उनले बैंकिङ् क्षेत्रमा १९ वर्ष भन्दा बढीको अनुभव हासिल गरेका छन् ।
उनी बैंक व्यवस्थापन, सञ्चालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कमर्सियल बैंक तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिएका छन् ।
प्रतिक्रिया दिनुहोस्