सिभिल बैंकको “अद्वितीय नेपाल”शिर्षकको नेपाली नयाँ वर्ष २०७९को क्यालेण्डर सार्वजनिक

काठमाडौं, चैत २९ । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले “अद्वितीय नेपाल”शिर्षकमा नेपाली नयाँवर्ष २०७९को क्यालेण्डर सार्वजनिक गरेको छ।

कोरेना महामारीको कारण करीव धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्नेछ । साथै सोही महामारीको कारण मानिसहरु लामो समय देखि घुम्नबाट बन्चित भएको र नयाँ नयाँ भ्रमण गन्तव्यहरुको खोजीमा हुन्छन् ।

त्यसैले उक्त क्यालेण्डरमा नेपाल कानवीन अद्वितीय भ्रमण गन्तब्यहरु पÞmोक्सुन्दो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँचपोखरी, गोल्डेन धाप, देउ ढुंगा, कन्चाजन्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समाविष्ट गरिएका छन्।यस क्यालेण्डरका तस्वीरहरु ईमेज पसल डटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वार ाखिचिएको तस्बिरहरु हुन्।

नेपालको अतुलनीय प्राकृतिक सुन्दरता कै कारण देश बिदेशबाट लोकप्रिय भ्रमण गन्तब्यको रुपमा नेपाल चिर परिचित छ अनि यस क्यालेण्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तब्यहरुले विद्यमान भ्रमण गन्तब्यमा मात्रै आफ्नो भ्रमणलाई सिमित नगरी नेपालको अन्य भ्रमण गन्तब्यहरुका बारेमा जानकारी दिनेछ भन्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताउनु भयो।

“सिभिलबैंक डिबेन्चर २०८८ ऋणपत्र“ नेपाल स्टक एक्स्चेंजमा सुचिकृत

सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेंज लिमिटेड बीचसिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशतब्याजदर भएको “सिभिल बैंक डिबेन्चर २०८८” ऋणपत्रको क्रम संख्या १ देखि ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो। उक्त सम्झौतापत्रमासिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलपोखरेल तथा नेपाल स्टक एक्स्चेंज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरी सम्झौतापत्र आदान प्रदानगर्नु भयो ।

उक्त डिबेन्चर लक्ष्मी क्यापिटल मार्केट मार्फत बिक्रि खुल्ला गरिएको थियो र वितरण भएको ३०,००,००० कित्ता डिबेन्चर अब २०७८ चैत्र ३० बाट नेपाल स्टक एक्स्चेंजमा कारोबार गर्न सकिनेछभने डिबेन्चरको आर.ति.यस.सम्वन्धी सेवा सिभिल क्यापिटल मार्केट मार्फत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्