सरकारी खातामा रकम न्यून , महँगो ब्याजमा ऋण उठाउँदै राष्ट्र बैंक
काठमाडौं । सरकारी खातामा रकम न्यून भएपछि राष्ट्र बैंकले महँगो ब्याजमा ऋण उठाउन थालेको छ ।
चैत्र १ गते सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय निकायमा जाने अनुदानको अन्तिम किस्ता ७५ अर्ब निकासा गर्दैछ । यस्तो अनुदानको निकासापछि सरकारी खातामा १९ अर्ब मात्र रहनेछ । सरकारले बुधवारसम्म खर्च गर्न सक्ने ९४ अर्ब रहेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।
स्थानीय निकायलार्इ अनुदान पठाउन अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलार्इ आदेश दिइसकेको छ । त्यसबाट राज्य कोषमा १९ अर्ब रूपैयाँ बाँकी रहन्छ ।
बैंकले चैत १ देखि २१ गतेसम्म नौ प्रतिशत ब्याजमा दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको छ। सम्भवत केही वर्षयताकै महँगो ब्याजमा बैंकले ‘नागरिक बचतपत्र २०७९ ख’ बिक्री खुला गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख नरहरि थापाले बताए।
प्रतिक्रिया दिनुहोस्