एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई म्यानेजर अफ द इअर अवार्ड
काठमाडौं, चैत २७ । नेपाल व्यवस्थापन संघले एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई म्यानेजर अफ द इअर अवार्डबाट सम्मानित गरेको छ ।
न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब पुगेको बैंकले जनाएको छ ।
त्यस्तै निक्षेप संकलनतर्फ पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब पुगेको छ ।
साथै बैंकको प्रतिशेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्