सरकारले राष्ट्र बैंकको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको एमालेको ठहर, गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन माग
काठमाडौं, चैत २७ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकको स्वतन्त्रतामाथि हस्तक्षेप गरिएको बताएका छन्। एमालेले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्रीले राष्ट्र बैंकका गभर्नरलाई सचिव वा आफ्नो मातहतको कर्मचारीजसरी चलाउन खोजेको आरोप उनले लगाए।
‘राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन समेत रोकेको देखियो’, पौडेलले भने, ‘समय र परिस्थितिअनुसार मौद्रिक नीति परिवर्तन गर्न नदिई हस्तक्षेप गर्ने काम गर्यो।’
चालू खाता घाटा बढेर जोखिमको स्तरमा पुगेको छ। गत वर्ष पहिलो ७ महिनामा १ सय ७ अर्बले घाटामा रहेको चालू खाता यो वर्ष ४ सय १४ अर्बमा पुगेको उनले बताए।पौडेलले चालू खाता घाटा बढेर देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुग्ने देखिएको बताए।
पूर्वअर्थमन्त्री पौडेलले भने गत वर्ष माघ महिनासम्म वैदेशिक रोजगारीमा जानेको संख्या ८५.५ प्रतिशतले घट्दा पनि ११ प्रतिशतले रेमिट्यान्स बढेको थियो।
गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या २५६.९ प्रतिशतले बढेको र विप्रेषणको आय ५ प्रतिशतले घटेको उनको भनाइ छ।
पत्रकार सम्मेलनमा बोल्दै उनले वैदेशिक लगानीको वातावरण पनि बिग्रिएको बताए।‘वैदेशिक सहायता पनि घटेको उनको भनाइ रहेको छ । त्यस्तै
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ । तीन पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले पार्टीका तर्फबाट पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।
“यो सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाही तत्काल फिर्ता लिओस् । एउटा असल मान्छेलाई कारबाही गरेर सरकार अर्थतन्त्रमाथि नकारात्मक हस्तेक्षप गरिरहेको छ,” पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलले भने, “उहाँको विगतको ट्रयाक रेकर्ड हेरौं । उहाँका अहिलेका काम कारबाही र भूमिका पनि हेरौं । उहाँलाई कारबाही गर्नुपर्ने अवस्था कहाँ भेटिन्छ ?”
प्रतिक्रिया दिनुहोस्