नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती निम्तिन्छ : गभर्नर अधिकारी

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती निम्तने बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकाले आयातलाई प्रतिस्थापन गर्न नसकेमा अर्थतन्त्रमा चुनौती कायम रहने बताए ।

आयात बढ्दै जाने तथा सो अनुसारको विदेशी मुद्रा आर्जन घट्दै गएकाले मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायित्व प्रमुख चुनौतीको रुपमा देखिएको उनले बताए ।

चालु आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेकाले शोधानान्तर घाटा र बैंकमा तरलता अभाव रहेको गभर्नर अधिकारीको भनाइ थियो । उहाँले पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएकाले बैंकहरुमा ब्याजदर बढ्दै गएको बताउनुभयो ।

रुस युक्रेन युद्ध जस्ता गतिविधिमा सुधार आउन धेरै समय लागे मूल्यमा परेको दबाबले थप केही समय जोखिम बनाइराख्ने उनले बताए । अत्यधित आयातमूखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाइ निर्यात प्रवद्र्धधन र आयात प्रतिस्थापन गर्न नसके कुनै पनि बेला संकट निम्तन सक्ने उनको भनाइ थियो ।

गभर्नर अधिकारीले अत्याधित आयातमूखी भइरहेको अर्थतन्त्रलाई उत्पादन मुखी बनाई निर्यात प्रवद्र्धधन र आयात प्रतिस्थापन दिशामा मुलुक नलैजाने हो भने कुनै पनि समय बाह्य स्थायित्वका जोखिम पर्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्