पशुपति भिजन होटलमा गोली चल्याे, गुण्डा नाइके गणेश लामा पेस्तोल र गोलीसहित पक्राउ

काठमाडौं । गत प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ ।

लामालाई चिनियाँ पेस्तोल र ६ राउन्ड गोलीसहित गएराति प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो ।

गौशालास्थित पशुपति भिजन होटलमा गोली चलेको आवाज सुनेपछि पुगेको प्रहरी टोलीले लामालाई पेस्तोल र गोलीसहित पक्राउ परेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा लामाले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए ।

उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

लामा पशुपति भिजनमा होटलमा रहेको जिमखानामा साँझ जाने गरेका थिए  । विजय गच्छदार निकट रहेका लामा हाल नेपाली काँग्रेससँग आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्