सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच समझदारी
काठमाडौं, चैत २५ । सिटिजन्स बैंक इन्टरनेसनल र सौराहास्थितपार्क सफारी रिसोर्टबीच समझदारी भएको छ ।
सिटिजन्स बैंकका कार्ड बाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल सम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्