कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न

काठमाडौं, चैत २४ । अजोड इन्स्योरेन्सले आफ्नो कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । लिमिटेडको आयोजनामा उक्त तालिम भएको हो ।

२२, २३ र २४ गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा तालिम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा सहभागी बीमा अभिकर्तालाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र कृषि विभागमा कार्यरतसुदिप पौडेलले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा २९ जना बीमा अभिकर्ताहरुको सहभागिता भएको थियो । साथै कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको रौतहट शाखाका प्रमुख प्रभु चौधरीलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्