सेञ्चुरीबैंकको नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक
कठमाडौं, चैत २३ । सेञ्चुरीबैंकको नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक गरिएको छ ।
बैंक लिमिटेडका अध्यक्ष राजेश कुमार श्रेष्ठले आज एक कार्यक्रमकावीच“सेञ्चुरी क्यालेण्डर( २०७९” सार्वजनिक गरेका हुन ।
वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा,डिजिटल बैंकिङ्गका माध्यमहरु ल्गायत विभिन्न बैंकिङ्ग सेवाहरुलाई समावेश गरिएको छ ।
यसबाट वित्तीय साक्षरता र डिजिटल बैंंिकङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४शाखारहित बैंकिङ्ग र ११३ एटिएम मार्फत वित्तीय सेवाप्रदानगर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्