नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष संघईद्वारा सपथ ग्रहण

काठमाडौं, चैत २३ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् ।

आज बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम उनलाई सपथ दिलाएका हुन् ।

इन्स्योरेन्स कम्पनीको सोमबार सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट गोविन्द लाल संघई पुनः अध्यक्षमा चयन भएका हुन् ।

साधारण सभा सम्पन्न पश्चात् बसेको संचालक समितिको ३३६ औं बैठकले नव निर्वाचित संचालक गोविन्द लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्