राष्ट्रपति भण्डारीले विवादास्पद प्रधानन्यायाधीश पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिए

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले विवादास्पद प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिएकी छन् ।
राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।

न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ ।

पदमुक्त भइसकेको भनिएको व्यक्तिबाट राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर संवैधानिक प्रश्न खडा भएको छ । यस विवादास्पदप्रधानन्यायाधिशबाट पद तथा गोपनियता लिएको कुराले राष्ट्रपति समेतलाई विवादमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्