थप २३ जनामा कोरोना संक्रमण पुष्टि , ६६ जना निको भए

काठमाडौं, चैत २० । पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६९०९ जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त समयावधिमा ६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन ।

मन्त्रालयका अनुसार अहिले देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ३०४४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना संक्रमितको निको हुने दर ९८. ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्