उन्नति माइक्रोफाइनान्सले प्रस्ताव गर्यो २५ प्रतिशत हकप्रद

काठमाडौं । गत पुसमा एक लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेर बाँडफाँड गरेको उन्नति माइक्रोफाइनान्सले २५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ । फागुन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

माइक्रोफाइनान्सले प्रस्ताव गरेको हकप्रद पारित गर्न चैत्र २१ गते बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि चैत्र ७ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।

कम्पनीले गत पुसमा एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सेयर नेप्सेमा सुचीकृत भई कारोबार समेत सुरु भइसकेको छ ।

आइपिओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ५ करोड ५० लाख पुगेको छ । २५ प्रतिशत हकप्रदपश्चात कम्पनीको चुक्ता पूँजी ६ करोड ८७ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्